शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा भएको छलफलका यी हुन् ७ विषय

सोमबार, ३१ जेठ २०७८, २१ : २६
सोमबार, ३१ जेठ २०७८

विपक्षी गठबन्धनका शीर्ष नेताबीच ६ विषयमा छलफल भएको छ । सोमबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का बीच डेढ घण्टा छलफल भएको हो ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्दै वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको छलफलले निष्कर्ष निकालेको छ । 

बैठकले एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको बैठकमा सहभागी काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए ।

कोटेश्वरमा भएको छलफलका ७ विषय

१. समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा

२. वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्ने कुरामा पुनः स्पष्टता

३. आपसी सम्बन्धबारे छलफल, एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता

४. कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग

५. अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण

६. राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आशंका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण

७ . पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप