शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्याट्रिक सिकले गरे युरो कपको इतिहासकै लामो दूरीको गोल

सोमबार, ३१ जेठ २०७८, २२ : ०३
सोमबार, ३१ जेठ २०७८

प्याट्रिक सिकले युरो कप फुटबलकै सम्झनलायक गोल गर्दा चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको छ । सिकले ५२ औं मिनेटमा मैदानको झन्डै मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४९ दशमलव ७ टाढाबाट परबाट उनले गरेको गोल युरो इतिहासकै लामो दूरीको गोल रहेको युईएफएले जनाएको छ । यसअघि खेलको ४२ औ मिनेटमा हेडरमार्फत सिकले नै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए ।

टोस्र्टेनको नाममा थियो किर्तिमान

यसअघि जर्मनीका मिडफिल्डर टोस्र्टेनको नाममा युरोकपमा लामो दूरीबाट गोल गर्ने किर्तिमान थियो । सन् २००४ मा उनले ३८ दशमलव ६ मिटर परबाट गोल गरेका थिए ।

शीर्ष स्थानमा चेक गणतन्त्र

जीतसँगै प्रतियोगितामा विजयी सुरुवात गरेको चेक गणतन्त्र समूह डीको शीर्ष स्थानमा छ । समान ३ अंक बटुलेको इङल्यान्डभन्दा गोलअन्तरमा चेक अघि छ । इङल्यान्डले आइतबार क्रोयशियालाई १–० ले हराएको थियो ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप