शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन

सोमबार, ३१ जेठ २०७८, २२ : ३६
सोमबार, ३१ जेठ २०७८

नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन आयोगका सदस्य राजेशहरि जोशीको आइतबार निधन भएको  छ । जोशीलाई हृदयघात भएपछि साँझ ७ बजे अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरे । 
दुई कार्यकाल नेपाल बुद्धिचाल संघको अध्यक्ष रहँदा जोशीले बुद्धिचाल खेलको विकास र विस्तारमा महत्वपूर्ण कार्य गरेका थिए ।  ९÷१० जना रेटेड खेलाडीहरुमै सिमित नेपालले उनको कार्यकालमा ६०० को हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी उत्पादन गरेको थियो । सन् २०१४ मा  नर्वेमा भएको फिडे काँग्रेसबाट उनी विश्व बुद्धिचाल महासंघको कार्य समिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका थिए ।

सन् २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोस्रो कार्यकालका लागि पुनः अनुसाशन आयोगमा निर्वाचित भएका थिए । उनी सन् २०१४ मा नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सम्मिलित एसियन जोनल ३.२ को  अध्यक्ष पनि चुनिएका थिए । जोशी सहकारी अभियान्ताको रुपमा समेत परिचित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप