केन्द्रीय संस्करण

हिरासतमा रहेकी म्यानमारकी नेतृ सूचीको सुनुवाई शुरु

person explore access_timeजेठ ३१, २०७८ chat_bubble_outline0

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ ।   उनका विरुद्धमा लगाइएका आरोपहरुमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले ७५ वर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरू लगाएको छ ।  उनीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्धाहरू लगाएको छ । 

मङ्गलबार हुने सुनुवाइका क्रममा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित हुने जनाइएको छ ।  “हामीले अनावश्यक रूपमा यो झमेला झेलिरहनु परेको छ, त्यस विरुद्धमा हामीले राम्रो तयारी गरेका छौँ,” नेतृ सूकीका एक वकिल खिन मौङ जावले भने । नेतृ सूकीले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षका विरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आरोपहरू लगाएको उनले टिप्पणी गरे ।

म्यानमारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका विरुद्धमा नयाँ आरोपहरू सहितको मुद्दा दर्ता गरेको थियो ।   म्यानमारमा गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएको थियो । 
नेताहरुलाई हिरासतमा राखेर सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो ।   सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु सयौँ घाइते भएका छन् । 

सुरक्षाकर्मीहरुले दर्जनौँ आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने कैयौँको खोजी भइरहेको जनाएको छ ।  गत नोभेम्बरमा भएको निर्वाचनमा अपेक्षित नतिजा आफ्नो पक्षमा नआएपछि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । त्यही असन्तुष्टिको पृष्ठभूमिका नयाँ संसदको बैठक बस्ने अघिल्लो रात सेनाले सत्ता नियन्त्रणमा लिएको हो । 

सेनाले गत निर्वाचन धाँधलीपूर्ण भएकाले चाडै नै निष्पक्ष निर्वाचन आफ्नो सरकारले गराउने र सत्ता छोड्ने दावी गरेको छ । निर्वाचनका लागि भन्दै जुन्ता सरकारले एक बर्षे सङ्कटकाल पनि घोषणा गरेको छ । सेनाको दावीप्रति भने आम नागरिक र विश्व समूदायले भने आपत्ति जनाउँदै आएका छन् । उनीहरूले तत्काल लोकतान्त्रिक प्रक्रियाबाट आएका नेताहरुलाई नै सत्ता हस्तान्तरण गर्न माग गर्दै आएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.