बेलायतका वैज्ञानिकले बनाए १५ मिनेटमा कोरोना संक्रमण पत्ता लगाउने ‘कोभिड अलार्म‘
बेलायतका वैज्ञानिकहरुले एक डिभाइस बनाएका छन् । जसले १५ मिनेटमा नै कोभिड संक्रमण भए नभएको पत्ता लगाउने उनीहरुले दाबी गरेका छन् ।
वैज्ञानिकका अनुसार बेड रुममा यसले ३० मिनेटमा नतिजा देखाउँछ । कोरोना संक्रमितको जानकारी दिने उक्त डिभाइस आउने दिनहरुमा हवाईजहाजको क्याबिन, मानव सेवा सेन्टर, घर, कक्षाकोठा, अफिसमा महत्त्वपूर्ण साबित हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
उक्त डिभाइसको नाम ‘कोभिड अलार्म‘ राखिएको छ । यो डिभाइस ‘स्मोक अलार्म‘ भन्दा थोरै ठूलो छ ।
लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रॉपिकल मेडिसिन (LSHTM) र डरहम युनिभर्सिटीका वैज्ञानिकको सामुहिक अनुसन्धानबाट सुरु भएको यो डिभाइसले नयाँ आशा जगाएको बताइन्छ । वैज्ञानिकहरुले परीक्षणको अवधिमा यसले ९८ देखि १०० प्रतिशत सकारात्मक नतिजा दिएको छ । वैज्ञानिकहरुले यो RT-PCR र एन्टिजेन परीक्षणभन्दा कयौँ गुणा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
यसले लक्षण नदेखिएका संक्रमितको पनि पहिचान गर्छ । अनुसन्धानका अनुसार यो शुरुवाती पहल हो । यो भविष्यमा आउने महामारीमा काम आउने वैज्ञानिहरुले बताएका छन् ।
डरहम युनिभर्सिटीका बायोसाइन्स प्रोफेसर स्टीभ लिन्डसेले बिरामीका अलग अलग लक्षण हुने भन्दै डिभाइसको बारेमा भन्छन्, “ हामीले कोरोना भाइरसबाट सुरु गरेका हौँ । संक्रमित र सामान्य मानिसमा गन्ध आउने र नआउने भएका कारण यो काम सहज भएको हो । बिरामीको पहिचान गर्ने यो तरिका निकै रोचक छ । डिभाइसको मूल्य करिब ५.१५ लाख (भारतीय रुपियाँ) भएपनि यसले महामारीमा संक्रमितको पहिचान गर्न मद्दत गर्छ ।”
रोबोसाइन्टिफिक यो डिभाइसले छाला र सासद्वारा उत्पादन हुने रसायनको पत्ता लगाएर संक्रमितको पहिचान गर्छ । भाइरसका कारण मानिसमा वाष्पशील कार्बनिक यौगिक (VOC) मा परिवर्तन आउने गर्छ । यसले शरीरमा गन्ध पैदा हुन्छ र डिभाइसको सेन्सरले पत्ता लगाउँछ र डिभाइस अधिकृतलाई उक्त संक्रमित व्यक्तिको जानकारी पनि दिने वैज्ञानिकहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो