शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युरोकप फुटबलमा स्पेन र स्विडेनबीच बराबरी

मङ्गलबार, ०१ असार २०७८, ०९ : ४३
मङ्गलबार, ०१ असार २०७८

युरोकप फुटबलमा स्पेन र स्विडेनबीचको खेल गोलरहित बराबरीमै सकिएको छ । तीन पटकको विजेता स्पेनले खेल अवधिभर स्विडेनलाई दबाबमा राखेको थियो । तर गोल गर्न सकेन । 

सेभियामा भएको खेलमा स्विडेनका गोलकिपर रोबिन ओल्सेनले पनि निकै उत्कृष्ट बचाऊहरु गरे । खेलका स्पेनिस स्टार कोके र अल्भारो मोराटाले गोल गर्ने केही उत्कृष्ट अवसरहरु गुमाएका थिए । 

यता, स्विडेनका अलेक्स्यान्द्रर ईसक पनि स्पेनका लागि खतराका रुपमा उभिएका थिए । तर, गोल दुबै पक्षले गर्न सकेनन् । यस समूहको अर्को खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप