शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोपा अमेरिकामा अर्जेन्टिना र चिलीबीच बराबरी

मङ्गलबार, ०१ असार २०७८, ०९ : ५६
मङ्गलबार, ०१ असार २०७८

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीबीचको खेल १–१ गोलको बराबरीमै टुंगिएको छ । खेलको ३३ औं मिनेटमा फ्रिकीकमार्फत गोल गर्दै लियोनल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । 

उनले फ्रिकीकमार्फत ५७ औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

मेसीको फ्रिकीकलाई चिलीका गोलकिपर क्लाउडियो ब्राभोले सही मुल्याङकन पनि गरेका थिए । तर, उनको औँलामा ठोक्किएर बल गोलपोष्टभित्र छि¥यो । 

खेलको ५७ औं मिनेटमा इडुवार्डो भार्गासले चिलीबाट बराबरी गोल फर्काए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप