शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यारेजबाट सामान चोर्दा चोर्दै  दुई जना पक्राउ

मङ्गलबार, ०१ असार २०७८, १० : ४६
मङ्गलबार, ०१ असार २०७८

गाडीहरुको मर्मत ग्यारेजबाट सामान चोर्दै गरेको अवस्थामा प्रहरीले  लमहीबाट दुई जनालाई पक्राउ गरेको छ ।  

गएराति सवारीसाधन मर्मत गर्ने लमहीकाे एक ग्यारेज पसलबाट गाडीका पुरानो सामान (फलाम) चाेरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो । 

साेमबार राति पाैने दुई बजे लमहीकाे अन्सारी माेटर पाट्सबाट सवारीसाधनका पुराना सामान (फलाम) चाेरी गरेर साईकलमा बाँधेर लैजाने क्रममा दुईजनालाई पक्राउ गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

अनुसन्धानमा रहेको हुनाले पक्राउ पर्नेहरूलाई तत्काल सार्वजनिक नगरेको प्रहरीको भनाइ छ । उनीहरू अहिले वडा प्रहरी कार्यालय लमहीकाे नियन्त्रणमा रहेका छन् । चाेरी गर्ने एकजना साेही ग्यारेजमा कार्यरत कामदार रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप