बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्ने

मङ्गलबार, ०१ असार २०७८, १० : ४७
मङ्गलबार, ०१ असार २०७८

जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि  अनुमति पाएको हो । 

यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो । 

यस आइपिओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । जीवन विकासले अब आइपिओ निष्काशनको प्रक्रिया अगाडी बढाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप