शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७२ वर्ष पुगिन् प्रथम अभिनेत्री भुवन चन्द, यस्तो छ उनको अभिनय र प्रेम जीवन

मङ्गलबार, ०१ असार २०७८, ११ : २५
मङ्गलबार, ०१ असार २०७८

नेपाली चलचित्रको प्रथम नायिका भुवन चन्दको आज मंगलबार जन्मदिन परेको छ । उनले आज परेको जन्मदिन घरमै आफन्तसँग मनाउँदैछिन् । अहिले निषेधाज्ञा भएकाले जन्मदिनको विशेष कार्यक्रम केही नबनाएको उनले बताइन् ।
वि.सं. २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मिएकी चन्दले १५ वर्षकै उमेरमा नेपाली फिल्म ‘आमा’ अभिनय गरेकी थिइन् । फिल्म वि.सं. २०२२ साल असोज ५ गते सार्वजनिक प्रदर्शनमा आएको थियो । वि.सं. २०१८–२०१९ मा उनी गीत समेत गाउँथिन् ।

चन्दले रंगमञ्च यात्रा भने बालकृष्ण समको नाटकबाट २०१० देखि बालकलाकारको रुपमा थालेकी हुन् । उनले  कत्थक नाचमा म्याट्रिक र डिप्लोमा हासिल गरेकी छिन् ।
‘सादा जीवन, उच्च विचार’मा विश्वास गर्ने व्यक्तिमा पर्ने उनले करिब ६ दशक लामो कलायात्रामा थुप्रै नाटक, ४ दर्जनभन्दा माथिका टेलिश्रृङ्खला, धेरै चलचित्र र केही म्युजिक भिडियोसमेत अभिनय गरेकी छन् । पछिल्लो समय ‘साइनो’ चलचित्र निर्माण गरेर निर्माताको परिचयसमेत बनाएकी चन्दका हिजो, आज, भोलि(१९७६), मनको बाँध(१९७३), सिन्दुर(१९८०), जीवन रेखा, के घर के डेरा(१९८७), पच्चिस बसन्त (१९८८) र शान्तिदीप (१९८९) लगायत चलचित्र चर्चित छन् ।
घुमफिरः 
उनको घुमफिरमा असाध्यै रुचि छ । बेलाबेला अमेरिका घुम्ने उनी अहिलेसम्म ५ पटक अमेरिका पुगेकी छन् । रसिया र चीन पनि उनले घुमेकी छन् ।
सौन्दर्यः
सौदर्यमा उनको खासै ध्यान छैन । बढ्दो उमेरले पनि उनको सौदर्यमा खासै असर पारेको छैन । आफ्नो सौन्दर्य ‘गड गिफ्ट’ मान्दछिन् । मानिसको बोली राम्रो छ, व्यवहार क्लियर छ । त्यो नै उसको राम्रो सौदर्य भन्ने उनको मान्नेता रहेको छ । 
प्रेमः
उनले हरिश चन्दसँग प्रेम विवाह गरेकी हुन् । हरिशसँगको ४ वर्षको प्रेमपछि विवाह गरेकी थिइन् ।प्रेमविना जीवन त के, संसार नै चल्दैन भन्ने उनी धारणा राख्दछिन् । प्रेम विवाह गर्नु नै जीवनको सफलता हो जस्तो उनलाई लाग्छ । किनभने हरेक कुरामा श्रीमान्बाट उनलाई सपोर्ट मिल्ने गर्दछ ।

रोगः
अहिलेसम्म उनलाई ठूलो रोग केही छैन । केही समयदेखि सुगर देखिएको छ । खानपिनबाट यसलाई कन्ट्रोलमा ल्याउने काम गरिरहेकी छन् ।
सपनाः
करिब ७२ वर्षकी उनको राम्रो फिल्म बनाउने, आफूले बनाएको फिल्म दर्शकको रोजाइमा परेको हेर्ने, भुवनले बनाएको फिल्म हेर्नुपर्छ भनेर पब्लिक सबैले भनेको सुन्ने सपना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप