बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

मङ्गलबार, ०१ असार २०७८, १२ : ४१
मङ्गलबार, ०१ असार २०७८

संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ ।संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ ।यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पु¥याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पु¥याउनु पर्ने बताइएको हो ।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पु¥याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गरेका छन् ।

उनले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताए । उनले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पु¥याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप