बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले कर्णाली संसदीय दलकाे बैठकमा प्रकाश ज्वाला सहभागी

मङ्गलबार, ०१ असार २०७८, १३ : ३५
मङ्गलबार, ०१ असार २०७८

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका चार सांसदमध्ये सांसद प्रकाश ज्वाला भने अन्तिम समयमा आएर बैठकमा सहभागी भएका छन् । यसअघि उनीसहित पुनर्बहाली भएका चार सांसदले बैठकमा सहभागी हुन अस्वीकार गरेपनि अन्तिम समयमा आएर ज्वाला सहभागी भएका हुन् । 

सरकारकाे नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बसेकाे हाे ।

 प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि  आपसी सल्लाह गर्न बैठक बोलाइएको प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।

यस अघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभा पारित भएपछि संसदीय दलको बैठकमा उपस्थित हुने बताइए पनि सर्वोच्चको आदेश अनुसार पुनर्बहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी भएका हुन् । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् ।

बैठकले सरकारको नीति तथा कार्यक्रम बारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक  शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप