नेपाल एयरलाइन्सले एकतर्फी दुबई–काठमाडौं चार्टर उडान गर्ने

नेपाल एयरलाइन्सको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो।
आज मंगलबारदेखि टिकट बिक्री समेत थालिएको नेपाल एयरलाइन्सका यूएई कन्ट्री म्यानेजर टिकाराम पंगेनीले रातोपाटीलाई बताए। यता रोजगार गुमाएर विगत २ महिनादेखि यूएईमा नै अलपत्र परेका नुवाकोटको हरि तामाङले चार्टर फ्लाइट खुले पनि सहज तरिकाले टिकट नपाएको बताए। उनले भने, ‘घर जान पाउने खुसीले टिकट लिन ट्राभल्स गए, ट्राभल्स एजेन्सीले टिकट छैन भन्यो। मुस्किलले टिकट पाएँ। तर टिकटको मूल्य धेरै महँगो, म कसरी घर जाउँ।’
नेपाल सरकारले कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि घर जान नपाएका सयौं नेपालीहरु यूएईमै अड्किएका छन्। यी मध्ये कयौंको ओभरस्टे र भिजिटमा घुम्न आएका नेपालीहरुको जरिवाना समेत शुरु भइसकेको छ भने नेपालमा आफन्त गुमाएकाहरु बढी प्रभावित भएका छन्।
नेपाल एयरलाइन्सले एकतर्फी उडान सुचारु गरेपनि टिकट एजेन्सीहरूले सहज रुपमा हवाई टिकट उपलब्ध गराउन सकेका छैनन्। लामो समय उडान बन्द भएकै कारण नेपाल फर्कनेहरूको सख्या धेरै भएकोले यस्तो समस्या आएको ट्राभल्स एजेन्सीहरू बताउँछन्। नेपाल सरकारले गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने
-
सुदूरपश्चिम प्रदेशसभाको बैठक चौथोपटक सारियो
-
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस
-
च्यासलमा एमाले सचिवालय बैठक : सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल
-
सरकार जोगाउन दीर्घलाई लेखराजको फोन : साढे दुई वर्षपछि मुख्यमन्त्रीको प्रस्ताव
-
सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगकाे सदस्य