सनीको फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल बन्ने

person explore access_timeअसार १, २०७८ chat_bubble_outline0

सनी देवल, अमिषा पटेल र अमरीश पुरी अभिनित हिट फिल्म ‘गदर : एक प्रेम कथा’ को सिक्वेल पनि बन्ने भएको छ । २० वर्ष अगाडि निर्माण भएको यो फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ । फिल्म १५ जुन २००१ मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले २५० करोड कमाएको थियो । फिल्मको सिक्वेल फिल्म जहाँ सकिएको थियो । त्यहीबाट सुरु हुने बताइएको छ ।

फिल्ममा सनी (तारा सिंह), अमिषा पटेल (सकीना) र उनीहरुको छोरा जीतको कथा समेटिनेछ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगाडि बढ्नेछ ।  फिल्मको विषयमा सनीले एक अन्तवार्तामा क्लाइमेक्स चेन्ज गरिएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म फ्लप हुने डरले क्लाइमेक्स सम्पादनमा परिवर्तन गरिएको थियो ।’

सो समय सनीले भनेका थिए, ‘क्लाइमेक्समा गोली लागेको कारण सकिना (अमिषा)को निधन हुने दृश्य थियो । हामीलाई लाग्यो सकिनाको निधनपछि फिल्म ट्रयाजेटी हुन्छ । दर्शकले नेगेटिभ प्रतिक्रिया दिन सक्छन् । त्यसैले फिल्मको एडिटिङमा फिल्मको अत्य राम्रो गर्न छोराको गीत सुनेपछि गोली लागेको सकिना उठ्ने बनाइएको हो ।’ सनीको समय अभावको कारण फिल्मको सुटिङका लागि भने ३ वर्ष लागेको थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।