शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अविरल वर्षाका कारण गुल्मीमा दुई घर भत्किए, एक घाइते

मङ्गलबार, ०१ असार २०७८, १५ : ५५
मङ्गलबार, ०१ असार २०७८

 दुई दिनेदेखिको अविरल वर्षाका कारण इस्मा गाउँपालिकामा  दुई घर भत्किएको छ ।

 गाउँपालिका –५  मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको  बस्दै आएको घर भत्किएको हो । मैदानस्थित परियारको घर भत्किँदा उनकी  २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वको टोली  त्यस स्थानमा उद्धार गर्न  पुगेको पाण्डेले बताए  । त्यस्तै  उजुङ्गका  पछाईको घर पनि  माथिबाट पहिरो सहित खसेको ठुलो ढुंगाले लागेर पूर्णरुपमा क्षति पुगेको  इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप