शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सविरुद्ध जर्मनी : यी हुन् हेर्नलायक खेलाडी

मङ्गलबार, ०१ असार २०७८, १६ : २३
मङ्गलबार, ०१ असार २०७८

करिम बेन्जामा
आफ्नै सहकर्मीलाई ब्ल्याकमेल गरेको आरोप लागेपछि करिम बेन्जामाको अन्तर्राष्ट्रिय करियर झन्डै टुंगिएको थियो । उनी टोली बाहिरै छँदा फ्रान्सले युरो २०१६ को फाइनल यात्रा गर्यो, विश्वकप २०१८ जित्यो । तर, यस्तो सफल टोलीबाट बाहिर रहनुपर्दा पनि बेन्जामाले हरेश मानेनन् । रियल म्याड्रिडका लागि क्लब स्तरमा उनको प्रदर्शन उत्कृष्ट नै रह्यो । जसकारण, अहिले ३३ वर्षको उमेरमा फेरि फ्रान्सको टोलीमा फर्किएका छन् ।

२०१४ को विश्वकप पछि उनले खेल्न लागेको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता यहि हो । त्यस विश्वकपमा उनले ३ गोल गरेका थिए । तर, दाबेदार मानिएको फ्रान्सलाई क्वाटरफाइनलमा जर्मनीले १–० ले हरायो ।  रियल म्याड्रिडका यी स्टारलाई आज त्यस पीडादायी हारको बदला लिने अवसर छ । बेन्जामाले फ्रान्सका लागि ८३ खेलमा २७ गोल गरेका छन् ।

उनले क्लब फुटबलमा रियल म्याड्रिडका लागि ३ सय ८३ खेलमा १ सय ९२ गोल गरिसकेका छन् । बेन्जामा, एन्टोनियो ग्रिजम्यान र कालियन एमबाप्पे जस्ता आक्रामक खेलाडी सम्मिलित फ्रान्सको अग्रपंक्तिलाई प्रतियोगिताकै सर्वाधिक उत्कृष्ट अग्रपंक्ति मानिएको छ । 

सर्जी जनाब्री
बार्यन म्युनिखका यी २५ वर्षीय फरवार्ड निकै तिव्र छन् । उनले छनोट चरणमा ८ गोल गरेका थिए । जर्मनीका लागि उनले अहिलेसम्म २२ खेलमा १६ गोल गरिसकेका छन् । सन् २०१७ यता ८८ खेल खेल्दै उनले बार्यनका लागि ३२ गोल गरेका छन् । उनले २०१७–१८ को सिजन १८९९ होफिनहेममा ऋणमा बिताएका थिए । त्यस्तै, जर्मनीका अनुभवी स्ट्राइकर थोमस मुलर पनि फ्रान्सको टाउको दुखाई बन्न सक्छन् । मुलरले जर्मनीका लागि १ सय २ खेलमा ३९ गोल गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप