पोर्चुगल भर्सेज हंगेरी – यी हुन् हेर्नलायक खेलाडी
पाँचौपटक युरोकप खेल्न लागेका रोनाल्डो यस प्रतियोगिताको इतिहासकै सर्वकालीन सफल खेलाडीमध्ये एक हुन् । यस अर्थमा उनको प्रतिस्पर्धा आफैंसँग हो । उनी युरोकपको सर्वकालिन गोलकर्ताको सुचीमा ९ गोलसहित माइकल प्लाटिनीसँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यो रेकर्ड रोनाल्डोले यसपटक एकलौटी गर्ने अपेक्षा छ ।
त्यस्तै, उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचीमा ईरानमा अली देईपछि दोस्रो स्थानमा छन् । अलीले १ सय ९ र रोनाल्डोले १ सय ४ गोल गरेका छन् । यस प्रतियोगितामा रोनाल्डो चम्कन सके उनले यो कीर्तिमान बराबरी गर्ने वा तोड्ने संभावना पनि छ । तर, व्यक्तिगत रेकर्डभन्दा पनि देशका लागि रेकर्ड राख्ने रोनाल्डोको धोको छ । सन् २०१६ को च्याम्पियन पोर्चुगलले उपाधि रक्षा गरेमा स्पेनको रेकर्ड बराबरी गर्नेछ । युरोमा लगातार दुईपल्ट उपाधि जित्ने स्पेन एक्लो टोली हो, उसले २००८ र २०१२ मा यो उपाधि जितेको थियो । ३६ वर्षीय पोर्चुगिज कप्तानका लागि सायद यो अन्तिम युरोकप हो ।
रोनाल्ड सल्लाही
जर्मन क्लब एससी फ्रेइवर्गबाटे रोनाल्ड सल्लाहीले यस सिजन ८ गोल गरे । उनले आफ्नो उच्च प्रदर्शनलाई आजको खेलमा पनि निरन्तरता दिने अपेक्षा गरिएको छ । २४ वर्षका यी विंगर खेलको गति र नतिजा परिवर्तन गर्नसक्ने खुबी राख्छन् । घरेलु मैदानमा उनी चल्न सके हंगेरीले पोर्चुगलमाथि दबाब बनाउनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट