शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्याङ्कर चालकहरु तेल ढुवानी गर्न तयार

मङ्गलबार, ०१ असार २०७८, १७ : ०९
मङ्गलबार, ०१ असार २०७८

गत आइतबारदेखि कोभिड–१९ भ्याक्सिनको माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका ट्यांकर चालकहरू अन्ततः तेल ढुवानी गर्न तयार भएका छन् । चालकहरूको माग सम्बोधन गर्दै सरकारले आन्दोलनरत ट्यांकर चालक, कर्मचारी तथा निगमसँग जोडिएका मजदुरहरुलाई यथाशीघ्र कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएपछि चालकहरू तेल बोक्न तयार भएका हुन् । 

मंगलबार नेपाल पेट्रोलियम ट्यांकर चालक संघले एक विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि आफुहरुको आन्दोलन स्थगित भएको र सधाझैं पेट्रोलियम पदार्थको ढुवानी कार्य सुचारु गरिएको जनाएको छ । 
उक्त आन्दोलनमा नेपाल पेट्रोलियम डिलर एसोसिएसनले समेत ऐक्यबद्धता जनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप