शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता

मङ्गलबार, ०१ असार २०७८, १७ : १९
मङ्गलबार, ०१ असार २०७८

ललितपुर महानगरपालिकाभित्रका बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ती जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि ललितपुर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभाग बीच मंगलबार त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

स्मार्ट सडक बत्ती जडानका लागि प्रारम्भिक लागत करिब १७ करोड ३६ लाख रुपैयाँ रहेकोमा ललितपुर महानगरपालिकाले कुल लागतको ६० प्रतिशत, नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत र ललितपुर महानगरपालिकाले बेहोर्ने ६० प्रतिशत रकम मध्येबाट सडक विभागले ३ करोड रुपैयाँ बेहोर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

सडक बत्तीलाई सर्भर रुमबाट नियन्त्रण गरिने र सडक बत्ति बाले वापतको शुल्क ललितपुर महानगरपालिकाले तिर्ने बताइएको छ । प्रमुख महर्जनले सहरलाई उज्यालो बनाउनुका साथै रातको समयमा हुने दुर्घटनालाई रोक्नको लागि पनि सडकमा बत्ति जोड्न लागिएको बताए । उनले महानगरपालिकाभित्रका रिङरोड बाहिरका बस्तीहरु खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापा खेलमा पनि स्मार्ट सडक बत्ति जडान गर्नका लागि टेण्डर प्रकाशित भइसकेको जानकारी पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप