शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थप २७४५ जनामा संक्रमण पुष्टि, ४१८७ संक्रमणमुक्त

मङ्गलबार, ०१ असार २०७८, १८ : ००
मङ्गलबार, ०१ असार २०७८

पछिल्लो २४ घण्टामा देशभर थप २७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४१८७ जनाले कोरोना जितेका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो । 
यस्तै बितेको २४ घण्टामा ४१ जनाले ज्यान गुमाएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणका ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट भएको परीक्षणका २२ हजार ४०३ जना रहेका छन् । 
यस्तै निको हुने कुल संख्या ५ लाख ४० हजार ४३९ जना रहेको छ भने मृतकको कुल संख्या ८५०६ पुगेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप