शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकन्थलीको सेनिटाइजर उद्योगमा छापा, दुईजना पक्राउ

मङ्गलबार, ०१ असार २०७८, १९ : १६
मङ्गलबार, ०१ असार २०७८

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा रहेको ‘नेपालय ह्यान्ड सेनिटाइजर’ को कारखानामा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाले छापा मारेर त्यहाँ उत्पादित कमसल सेनिटाइजर बरामद गरेर दुई जनालाई पक्राउ गरेको छ ।

‘मेडिग्राफ ग्रुप अफ कम्पनी लिमिटेड’ को ब्यानरमा उत्पादित ‘नेपालय ह्याण्ड सेनिटाइजर’ मा ६८ प्रतिशत मेथानोल रसायन मिसिएको प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको छ । कम्पनीमा कार्यरत रामेछापको सुनापती गाउँपालिका–१ गुन्सी घर भएका सुजन गौतम र बझाङको केदारस्यू गाउँपालिका घर भएका चन्द्रप्रसाद जोशीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता (एसपी) कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई बताए ।

महाशाखाका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले सो कम्पनीमा छापा मारेको हो । कम्पनी सञ्चालक सामाखुसी बस्ने सुजन दाहाल फरार छन् । औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षण गर्दा सो कम्पनीबाट उत्पादित सेनिटाइजरमा घातक मेथानोल ६८ प्रतिशत मिसाएको पुष्टि भएको थियो ।

पक्राउ गरिएका दुईजनालाई कालो बजारी तथा अन्य सामाजिक अपराध ऐन–२०३२ अनुसारको कसुरमा आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी वृत्त सानोठिमीमा पठाएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप