मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार ४ बजेदेखि सोमबार बिहानसम्म नबिल बैंकका कारोबार बन्द रहने

मङ्गलबार, ०१ असार २०७८, २० : २२
मङ्गलबार, ०१ असार २०७८

काठमाडौं । नबिल बैंकले असार ४ गते शुक्रबार ४ बजेदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म कारोबार बन्द रहने जनाएको छ ।  बैंकले आज एक सूचना जारी गर्दै कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको हो । 

बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवा एवं सम्पूर्ण बैंकिङ्ग कारोबारहरू पूर्ण रुपमा बन्द रहने सूचनामार्फत जानकारी दिइएको छ । 

बैंकिङ्ग कारोबारहरू बन्द रहने समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न पनि बैंकले ग्राहकहरुलाई अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप