नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ जुनदेखि भर्चुअल्ली सुरु हुँदै
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१ यहि जुन महिनाको १७–२० सम्म भचुल्ली आयोजना हुने भएको छ । विगत संस्करणहरु अमेरिकाको मेरिल्यान्ड राज्यमा भौतिक रुपमै आयोजना हुने गरेपनि यसपटक कोरोनाका कारण महोत्सव भर्चुअल्ली आयोजना गर्न लागिएको हो ।
चार दिनसम्म संचालन हुने महोत्सवमा नेपाल, अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुने आयोजकले जानकारी गराएका छन् ।
स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत यो महोत्सव निशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ ।
प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत पनि गरिनेछ । चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ ।
नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।
कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि