शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल हुने

बुधबार, ०२ असार २०७८, १० : ५२
बुधबार, ०२ असार २०७८

अमेरिकाको मेरिल्याण्ड राज्यमा यस अगाडि भौतिक रुपमा आयोजना हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यो बर्ष जुन १७ देखि २० सम्म  भर्चुअलरुपमा आयोजना हुने भएको छ ।
४ दिनसम्म आयोजना हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुनेछन् । १७ जुन साँझमा भर्चुअल रुपमा उद्घाटन हुने महोत्सवको समापनमा पुरस्कार समेत वितरण हुनेछ ।

महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत महोत्सव हेर्न सकिने आयोजकले जनाएको छ । 
महोत्सवमा प्रदर्शन भएको फिल्मका बिषयमा निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि राखिएको छ । 

महोत्सवमा ६ जना महिलाको निर्णायक मण्डल रहेका छन् । जसले उत्कृष्ट फिल्म पुरस्कारका लागि घोषणा गर्नेछ । जसमा नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब रहेका छन् ।
कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । २०२१ को संस्करण भने भर्चुअल हुन लागेको हो । महोत्सवको आयोजना नेपाल अमेरिकन फिल्म सोसाइटीले गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप