शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राउण्ड जिरो : बाढीले वितण्डा मच्चाएको मेलम्चीमा रूवाबासी, बजार बन्यो बगर (फोटोफिचर)

बुधबार, ०२ असार २०७८, १४ : ५१
बुधबार, ०२ असार २०७८

अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका हो भने बजार बगरमा परिणत भएको छ । 
बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । 

आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् ।  हिजो साँझदेखिको बाढीपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै सेनाका साथै स्थानीयहरु उद्दार र राहतमा जुटेका छन् । यस्तै सभामुख अग्नि सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लगायतपनि घटनास्थलको निरीक्षणमा पुग्दै उद्दार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

उसोत मेलम्चीको माथिल्लो भेगका क्षेत्रमा बाढीले मानवीय क्षति समेत पुगेको छ । हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर ७ जना  बेपत्ता भएका छन् भने  भौतिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ । 

मेलम्ची क्षेत्रमा पुगेका रातोपाटीकर्मी सुवास श्रेष्ठले खिचेको भयावह अवस्थाको केही तस्बिर हेरौंः 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप