ग्राउण्ड जिरो : बाढीले वितण्डा मच्चाएको मेलम्चीमा रूवाबासी, बजार बन्यो बगर (फोटोफिचर)
अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका हो भने बजार बगरमा परिणत भएको छ ।
बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् ।
आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । हिजो साँझदेखिको बाढीपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै सेनाका साथै स्थानीयहरु उद्दार र राहतमा जुटेका छन् । यस्तै सभामुख अग्नि सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लगायतपनि घटनास्थलको निरीक्षणमा पुग्दै उद्दार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
उसोत मेलम्चीको माथिल्लो भेगका क्षेत्रमा बाढीले मानवीय क्षति समेत पुगेको छ । हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर ७ जना बेपत्ता भएका छन् भने भौतिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ ।
मेलम्ची क्षेत्रमा पुगेका रातोपाटीकर्मी सुवास श्रेष्ठले खिचेको भयावह अवस्थाको केही तस्बिर हेरौंः
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण