शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक अर्कासँग काम गर्न नचाहने यी हुन् बलिउड स्टार

बुधबार, ०२ असार २०७८, २० : ३०
बुधबार, ०२ असार २०७८

बलिउड स्टारको झगडाले कयौं पटक उनीहरुको प्रोफेसनल जीवनमा पनि असर परेको देखिन्छ । केही कलाकार एक अर्कासँग यसरी रिसाएका छन् कि एकसाथ काम गर्न पनि उनीहरु तयार छैनन् । को–को कलाकारलाई एक अर्कासँग काम गर्न आपत्ति रहेको छ । जसको चर्चा अहिले गर्न खोजिएको छ ।

सलमान र दीपिका :

 सलमान खान र दीपिका पादुकोण एकसाथ सायद अब पर्दामा देखिने छैनन् । सलमान खानको फिल्म ‘सुल्तान’ दीपिकाले रिजेक्ट गरेका कारण सलमान उनीसँग रिसाएका हुन् । केहीले भने शाहरुखको नजिक भएको कारणले पनि दीपिका र सलमानको बीच राम्रो सम्बन्ध नभएको बताउँछन् ।

शाहरुख र प्रियंका :

डन’, ‘बिल्लु बारबार’, ‘ओम शान्ति ओम’ जस्ता फिल्ममा एकसाथ काम गरेका शाहरुख खान र प्रियंका चोपडा अब एकसाथ सायदै देखिन्छन् । एक समय दुबैको सम्बन्ध चर्चाको बिषय बन्थ्यो । जसका कारणले शाहरुखकी श्रीमती गौरीले घर पनि छोडिदिएकी थिइन् । शाहरुखले आफ्नो घर बचाउन प्रियंकासँग दुरी बनाएका हुन् ।

जोन अब्राहम र विपाशा :


एक समयका चर्चित जोडी जोन अब्राहम र बिपाशा एक साथ कयौ फिल्ममा देखिएका पनि छन् । केही बर्ष रिलेशनसिपमा रहेर यो जोडीले ब्रेकअप लिएका हुन् । झगडाको कारण दुबैले प्रेम तोडेका थिए । अव दुबैलाई पर्दामा देख्न असम्भव छ ।

अभिषेक र करिश्मा :

बलिउड अभिनेता अभिषेक बच्चन र करिश्मा कपुर एक समय रिलेशनमा थिए । दुबैको सम्बन्ध परिवारले समेत स्वीकारेको थियो । दुबैको इन्गेजमेन्ट पनि भएको थियो । तर दुबैले इन्गेजमेन्ट तोडेर सबैलाई हैरान पारिदिएका थिए । त्यसपछि दुबैलाई एकसाथ कही देख्न मिलेको छैन ।

अक्षयकुमार र शिल्पा : 


‘मे खिलाडी तु अनाडी’ र ‘धड्कन’ जस्ता राम्रा फिल्ममा एकसाथ काम गरेका अक्षयकुमार र शिल्पा शेट्टी कयौ वर्षदेखि एकसाथ फिल्ममा देखिएका छैनन् । आफुसँग रिलेशनशिपमा रहेको समय अक्षयले चुपचुप विवाह गरेको आरोप शिल्पाको रहेको छ ।

रानी र अक्षयकुमार :


अक्षयकुमार र रानी मुखर्जीलाई एकसाथ पर्दामा देख्न मुस्किलै छ । रानीले कयौंपटक अक्षयसँग फिल्म गर्न अस्वीकार गरेकी थिइन् । सोही कारणले अक्षयले रानीसँग फिल्म नगर्ने निर्णय लिएका छन् ।

रणवीर र कंगना :

 कंगना रनौट र रणवीर कपुरलाई एकसाथ पर्दामा देख्न अब सायदै पाइएला । एकसमय रणवीरको फिल्म ‘रकस्टार’ र कंगनाको फिल्म ‘रिवल्बर रानी’ बक्स अफिसमा भिडेका थिए । यसका कारणले दुबैको बीच सम्बन्ध बिग्रिएको बताइएको छ ।

शाहरुख र अजय :

शाहरुख खान र अजय देवगन फिल्ममा कहिल्यै एकसाथ देखिने छैनन् । यसको कारण अजयको पत्नी काजोल हुन् । शाहरुख र काजोल एक अर्का बीचमा धेरै नजिक छन् । जसका कारण अजयले शाहरुख मन पराउँदैनन् ।

लमान र ऐश्वर्या :

‘हम दिल दे चुके सनम’ फिल्म सुटिङको क्रममा सलमान खान र ऐश्‍वर्या राय बच्चन एक अर्काको नजिक भएका थिए । त्यसपछि दुबै केही बर्ष रिलेशनसिपमा समेत रहे । तर पछि दुबैको सम्बन्ध बिग्रियो । अब भने दुबै एक अर्कासँग कहिल्यै नदेखिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप