शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा खोप तथा आपतकालीन सहयोग गर्न बेलायती सांसदको चासो

बुधबार, ०२ असार २०७८, २२ : ३०
बुधबार, ०२ असार २०७८

नेपालमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि यसअघि पठाईएको सहयोग पर्याप्त नभएको भन्दै  थप सहयोग प्रदान गर्न बेलायतस्थित ब्रेन्ट नर्थका सांसद ब्यारी गार्डिनरले विदेशमन्त्री डोमिनिक राबलाई एक पत्र पठाएका छन् ।

 संक्रमण दर तीव्र भएका कारण त्यहाँको अवस्था निकै हृदय विदारक रहेको जनाउँदै भारतको तुलनामा  नेपालले कम अन्तर्राष्ट्रिय चासो पाएको उनले पत्रमा उल्लेख गरेका छन् । 

महामारीको दोस्रो लहरसँग लड्न नेपालको स्वास्थ्य सम्बन्धि पूर्वाधार पर्याप्त नभएकाले संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएकोले थप संकट हुनसक्ने उनले जानकारी गराएका छन् । 
बेलायतले हालै पठाएको २६० थान भेन्टिलेटर्सले दुई हजार थान पीपीई पर्याप्त नभएको भन्दै नेपालमा धेरै संख्यालाई चांडो भन्दा चांडो खोपको व्यवस्था गर्नु नै संक्रमण दर  नियन्त्रणको प्रमुख उपाए भएको उनले बताएका छन् । 

नेपाल ब्रिटेन सम्बन्ध दुई सय वर्ष भन्दा पनि पुरानो भएको र गोर्खा बटालियनहरुले ब्रिटिश सेनासँग लडाइमा निरन्तर साथ दिँदै आएको हुँदा यस महामारीमा सहयोग गर्नको लागि अन्य मुलुकसँग तुलना गर्न नमिल्ने उनले उल्लेख गरेका छन् ।  

नेपालमा फैलिएको नयाँ भेरिएन्ट प्रति आफू निकै चिन्तित रहेको बताउँदै उनले नेपालमा संक्रमण दर नियन्त्रणमा सहयोग पुर्याउन तुरुन्त पर्याप्त मात्रामा खोप उपलब्ध गराउन आग्रह गरेका छन् । 

नेपाल सरकारलाई अक्सिजन र अन्य महत्वपूर्ण मेडिकल सामग्री सहयोग गरि नेपालमा महामारीबाट हुने जोखिमलाई कम गर्न तत्काल सहयोग पुर्याउन पनि उनले पत्र मार्फत आग्रह गरेका छन् ।  आफूले नेपालबाट पाएको सहयोगको स्मरण गर्दै बेलायतले पनि सहयोगको लागि तत्काल पहल गर्नुपर्ने उनले अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप