बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो

बिहीबार, ०३ असार २०७८, १६ : ३६
बिहीबार, ०३ असार २०७८

एजेन्सी । बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।

सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ ।

सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप