बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राहतसहित सिन्धुपाल्चोक पुगेका कलाकार कट्टेल भने ‘बाढीले क्षतविक्षत कारुणिक दृश्यले मन रोयो’

शुक्रबार, ०४ असार २०७८, ०९ : ५७
शुक्रबार, ०४ असार २०७८

काठमाडौं । चर्चित हास्य कलाकार कुमार कट्टेलले​ ‘जिग्री’ले सिन्धुपाल्चोकका बाढी पीडितको सहयोगका लागि सबैलाई जुट्न आग्रह गरेका छन् । उनले बाढी पीडितको गाँस र अस्थायी बसोबासको व्यवस्था अझै राम्रोसँग हुन नसकेको भन्दै सबैलाई सहयोगका लागि जुट्न आग्रह गरेका हुन् ।
 
विहीबार राहत सामग्रीसहित सिन्धुपाल्चोक पुगेका कट्टेलले सामाजिक संजालमा लेखेका छन् ‘बाढीले क्षतविक्षत भएका कारुणिक दृश्यहरुले मन रोयो ।’

३० बोरा चामल, ३४ वटा ब्याङ्केट, १ बोरा दाल, ५० किलो नुन लगायत राहत सामाग्री सहित सिन्धुपाल्चोक पुगेका कट्टेलले उक्त राहत सामाग्री पीडितलाई खाना खुवाउने अभियान संचालन गरिरहेका टिम नेपाललाई प्रदान गरेका छन् ।

कट्टेलले अवको आफ्नो राहत हेलम्बु गाउँपालिका अन्तर्गत अति प्रभावित ठाउँहरु पुर्याउने समेत जानकारी दिए । उनले भने ‘हेलम्बु गाउँपालिका अन्तर्गत अति प्रभावित ठाउँहरु जहाँ राहत र अस्थायी बसोबासको ब्यवस्था हुन सकेको छैन । त्यहाँ समन्वय गरेर राहत सहित तत्काल पुग्ने छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप