बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट
काठमाडौं । लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ ।
बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी संचालनमा ल्याएको हो ।
नर्भिक अस्पतालले बाढीपहिरोमा परी घाइते भएकाहरुका लागि संचालनमा ल्याएको युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ । यो टिमले अनवरत रुपमा बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार गर्ने नर्भिकले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण हुनसक्ने मानवीय क्षतिलाई सकेसम्म कम गर्ने सरकारको उद्देश्यमा साथ दिँदै नर्भिकले डेडिकेटेड युनिट संचालनमा ल्याएको हो । ‘यो युनिटमा बाढीपहिरोमा परी घाइते भएकाहरुको स्तरीय उपचार हुनेछ ।’ उनले भने–‘बाढीपहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौं ।’
कोभिड १९ को दोश्रो लहरका कारण बन्द भएको नर्भिकको ओपीडी सेवा आइतबारदेखि संचालनमा आइसकेको छ । यस्तै, अपरेशन थिएटर समेत पूर्ण क्षमतामा संचालनमा आइसकेको नर्भिकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
ललित राजवंशीले लिए यूएईको चौथो विकेट