बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता

शुक्रबार, ०४ असार २०७८, १२ : २१
शुक्रबार, ०४ असार २०७८

राष्ट्रिय युवा संघ नेपालले ‘एनवाइएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ । निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य प्रतियोगिता आयोजना हुन लागेको हो ।

‘म केही गर्छु’ शीर्षकमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागीका लागि उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन लगायत बिषयमा केन्द्रित रहेर बढीमा ५ मिनेट सम्मको फिल्म बनाएर आयोजकलाई पठाउनु पर्नेछ । 

यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । प्राप्त फिल्म मध्य उत्कृष्ट तीन फिल्मलाई आयोजकले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया जित्न सक्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक, नेसनल युथ काउन्सिलले प्रवद्र्धकमा रहेको छ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको समेत सहयोग रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप