शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीले बोतल सारेमा टिममाथि जरिवाना हुन सक्ने

शुक्रबार, ०४ असार २०७८, १६ : ३६
शुक्रबार, ०४ असार २०७८

प्रायोजकहरूले उपलब्ध गराएका पेय पदार्थका बोतल खेलाडीले वरपर सारेमा सम्बन्धित टिममाथि जरिवाना हुन सक्ने युइएफएले जनाएको छ । यसअघि सोमबार रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाउँदै मानिसहरुलाई पानी पिउन प्रेरित गरेका थिए भने पाउल पोग्वाले बियरको बोतल हटाएका थिए ।

​त्यस्तै इटालीका म्यानुयल लोकाटेल्लीले कोकाकोलाको बोतल भएका ठाउँमा पानी राखेका थिए । ‘प्रतियोगिताको आयोजना र युरोपभर फुटबलको विकासमा सहकार्य महत्वपूर्ण छ भनेर सहभागी टिमहरूलाई युइएफएले स्मरण गराएको छ,’ प्रतियोगिताको आयोजकले बिहीबार भन्यो । 

युइएएफए युरो २०२० प्रतियोगिताका निर्देशक मार्टिन केल्लेनले प्रतियोगिताका नियमहरु खेलाडीले पालना गर्नुपर्ने बताए । यद्यपी, पोग्बाजस्ता खेलाडीले धार्मिक कारण देखाएर बोतल हटाएको कुरालाई आफुले बुझ्ने उनले बताए । पोग्बा मुस्लिम धर्मका अनुयायी हुन् । 

युईएफएले आफ्ना सम्झौता र नियमहरु टिमलाई स्मरण गराएको र अनुशासनको कदम चाल्न सक्ने पनि जानकारी गराएको केल्लेनले बताए । यद्यपी, युईएफएले सिधैं खेलाडीहरुलाई भने कारबाही गर्ने छैन ।  ‘हामीले युईएफएको तर्फबाट खेलाडीलाई सिधै कहिल्यै कारबाही गर्दैनौं ।

हामी सधैं सहभागी राष्ट्रिय संघका तर्फबाट यस्तो गर्छौं र उनीहरुले खेलाडीलाई थप के गर्ने भनेर तय गर्नेछन् । तर, हामी अहिल्यै सिधै खेलाडीलाई कारबाही गर्ने छैनौं ।’ उनले भने, ‘प्रतियोगितामा समावेश संघहरूले हस्ताक्षर गरेका नियमहरु हामीसँग छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप