बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यूरोमा स्वीडेनको ३६५ मिनेट पछि पहिलो गोल

शुक्रबार, ०४ असार २०७८, २० : ५७
शुक्रबार, ०४ असार २०७८

अमिल फ्रोसबर्गको एक मात्र गोलको मद्दतले स्वीडेनले स्लोभाकियालाई पराजित गर्दै युरो २०२० मा पहिलो जीत हासिल गरेको छ । ७७ औँ मिनेटमा फ्रोसबर्गले गरेको गोल यूरोमा स्वीडेनले ३६५ मिनेटपछि पहिलो गोल हो ।

पछिल्लो पटक स्वीडेनले सन् २०१६ को यूरोमा समूह चरणको पहिलो खेलमा आयरल्याण्डबिरुद्ध गोल गरेको थियो ।  त्यसयता स्वीडेनले गोल गर्न सकेको थिएन ।  युरो २०२० को पहिलो खेलमा पनि स्वीडेन स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

जीतसँगै समूह ई स्वीडेनले ४ अंक बटुलेको छ । पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकियाको ३ अंक रहेको छ । स्पेनको एक अंक रहेको छ भने पोल्याण्ड अंकविहीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप