शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेबिसंघ महामन्त्री तिमल्सिनाद्वारा धुस्कुनमा अक्सिजन कन्सन्टेटरसहित स्वास्थ्य सामग्री वितरण

शनिबार, ०५ असार २०७८, ०७ : २७
शनिबार, ०५ असार २०७८

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । शुक्रवार जिल्ला आएका सिन्धुपाल्चोक तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिका द्वारा वडा नं ३ धुस्कुनमा संचालित पालिका स्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकीको प्रयोजनका लागि नेपाल मेडिकल एसोसिएसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर  हस्तान्तरण गरेका छन्।

अक्सिजन कन्सन्ट्रेटरसँगगै उनले अक्सिजन नजल ट्युब २० पिस,पिपिइ सेट,सर्जिकल मास्क, ९५ मास्क, फेस सिल्ड, स्यानिटाइजर, ग्लोभ्स लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य प्रमुख राम प्रकाश यादवलाई हस्तान्तरण गरेका थिए ।


नेपाली काँग्रेस उद्योग बिभाग सदस्य वीर बहादुर भण्डारी, नेताहरू माधव भण्डारी, राम कुमार तामाङ, इकाइ सभापति राम कुमार रिजालसहित नेविसंघ र तरुण दलका नेता तथा सामाजिक अभियन्ता हरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

महामन्त्री तिमल्सिनाले जिल्ला भर कोभिड महामारीसँगै अहिलेको विपत्ति विरुद्धको लडाइमा शसक्त परिचालन हुन जरुरी रहेको बताउँदै आफ्नो अभियान निरन्तर जारी रहने बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख राम प्रकाश यादवले आइसोलेसन सेन्टरमा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त हुँदा कोरोना र अन्य बिरामीको उपचारमा सहज हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप