शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिलिजको प्रतिक्षामा भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’

शनिबार, ०५ असार २०७८, १४ : ४३
शनिबार, ०५ असार २०७८

‘मुख्यमन्त्रीको छोरीलाई अपहरण गरेर चाइना बोर्डरमा पाँच वर्षदेखि राखिएको छ तर विभिन्न प्रयासका बाबजुद पनि मुख्यमन्त्री छोरीलाई अहपरणकारीबाट मुक्त गराउन सकिरहेको हुँदैन । त्यसपछि सरकारको विशाल नेतृत्वमा एउटा कमण्डो चाइना बोर्डरमा जान्छ र मुख्यमन्त्रीको छोरीलाई रिहाइ गराउन सफल हुन्छ ।’

यिनै कथावस्तुमा केन्द्रीत भएर निर्माण भएको छ, भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ । अमित सर्राफको निर्देशन, गणेश प्रसादको निर्माणमा बनेको यो भोजपुरी फिल्ममा नायक सदाम हुसैन, नायिका मनिषा यादवका साथै अन्य कालाकारमा निशान्त पाण्डे, माही खान, आयाज खान, राजकपुर शाही, सुधाकरण मिश्र, जाकिर हुसैन, अलि साह, राकेशलगायतका रहेका छन् । 

यसको सुटिङ सम्पन्न भइसकेको छ । इडिटिङ्गको कार्य सकाएर रिजिलको प्रतिक्षामा रहेको  नायक सदाम हुसैनले बताए । निषेधाज्ञाका कारण रिलिजमा ढिलाइ भइरहेको उनले बताए । भैरहवा, बुटवल, पाल्पा, रौतहटलगायतका स्थानमा छायाँकन भएको फिल्ममा एक्सनका साथै प्रेमका कथावस्तु पनि समेटिएको हुसैनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप