बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रामोशको मजाक उडाउन रोनाल्डिन्होलाई पर्‍यो भारी

शनिबार, ०५ असार २०७८, १५ : ४५
शनिबार, ०५ असार २०७८

रोनाल्डिन्हो र सर्जियो रामोश एक अर्कासँग अपरिचत छैनन् । स्पेनको ला लिगामा दुई खेलाडी कयौँ पटक आमनेसामने बनेका थिए । एल क्लासिकोमा एकअर्कासँग भिडेका बार्सिलोनाका पूर्व प्लेमेकर र रियल म्याड्रिडका डिफेन्डर यतिबेला सामाजिक सञ्जालमा पनि भिडिरहेका छन् ।

सन् २००५ मा रियल म्याड्रिडसँग आबद्ध भएका रामोशले भर्खरै मात्र क्लब छाडेको घोषणा गरेका छन् । यही अवसर पारेर सन् २००८ सम्म बार्सामा रहेका रोनाल्डिन्होले रोमोशलाई जिस्काउन खोजेका थिए ।

रोनाल्डिन्होले रामोश र आफ्नो तस्विर पोष्ट गर्दै लेखेका छन् – हे ! के यो रात सम्झन्छौँ ?

रोनाल्डिन्हेले सन् २००५–०६ सिजनमा स्यान्टियायो बर्नेबाउमा ३–० को जीत हासिल गर्दा आफूले दुई गोल गरेको सम्झाउन उक्त फोटो हालेका थिए । तर, ४१ वर्षीय खेलाडीले गल्तीले सन् २००६–०७ मा रियलले बार्सिलोनामाथि २–० को जीत हासिल गर्दाको तस्विर राख्न पुगे । उक्त खेलमा रामोशले राउलका लागि पहिलो गोलको अवसर सिर्जना गर्न प्रमुख भूमिका खेलेका थिए भने रुड भान निस्टलरोयले दोस्रो गोल गर्दै रियललाई जीत दिलाएका थिए ।

३५ वर्षीय रामोशले तत्कालै रोनाल्डिन्होको गल्तीलाई पक्रिहाले । उनले जवाफमा लेखे – मैले सम्झन्छु, तर केही महिनापछि झनै राम्रो थियो ।

रियलले सो सिजन ३० औँ ला लिगाको उपाधि जित्न सफल भएको थियो । उक्त खेलमा रियलले हासिल गरेको जित रियलको ला लिगाको उपाधि जित्ने क्रममा सबैभन्दा महत्त्वपूर्ण जीत साबित भएको थियो ।

सो सिजनको अन्त्यमा रियल र बार्सिलोनाको समान अंक भएको थियो । तर, हेड टु हेडको आधारमा रियलले उपाधि जित्न सफल भएको थियो ।

गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप