बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्यान्डविरुद्ध स्पेन, यी खेलाडीले पार्न सक्छन् प्रभाव

शनिबार, ०५ असार २०७८, १७ : २०
शनिबार, ०५ असार २०७८

 

राबेर्ट लेवान्डोस्की 
पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्की आजको खेलमा प्रमुख आकर्षण बन्ने पक्का छ । र, उनलाई खुला छाड्दा नतिजा उल्ट्नसक्छ भन्ने स्पेनलाई पनि थाहा छ । त्यसैले स्पेनिस डिफेन्डरहरुले यी स्ट्राइकरमाथि विशेष निगरानी राख्नेछन् ।

सन् २०२०÷२१ को सिजन लेवान्डोस्की युरोपकै सर्वाधिक गोलकर्ता बने । उनले बुन्डेसलिगामा २९ खेल खेलेर यस सिजन ४१ गोल गर्दै इतिहास रचे, बुन्डेसलिगामा कुनै खेलाडीले एकै सिजन यति धेरै गोल गरेको यो पहिलोपटक हो । उनले बार्यनका लागि सबैखाले प्रतियोगिता गरेर कुल ४० खेलमा ४८ गोल गरे । लेवान्डोस्कीको उमेर जति परिपक्व हुँदैछ, खेलले पनि उति नै रफ्तार समातेको देखिन्छ । ३२ वर्षीय लेवान्डोस्कीले बार्यनबाट २०१४ यता २ सय १९ खेलमा २ सय ३ गोल गरिसकेका छन् । उनले क्लब स्तरकै प्रदर्शन देशका लागि दोहो¥याउने समर्थकहरुको आशा छ । 

सर्जियो बुसक्वेट्स 
सन् २०१० मा स्पेनले विश्वकप जित्दाका खेलाडीमध्ये अहिले सर्जियो बुसक्वेट्समात्रै टोलीमा छन् र उनी कप्तान हुन् । त्यसकारण उनको अनुभव र आत्मविश्वास निकै काममा आउनेछ । 
कोरोना संक्रमणको चपेटामा परेपछि उनले स्विडेनविरुद्धको खेल खेल्न पाएनन् । तर यी ३२ वर्षी डिफेन्सिभ मिडफिल्डर आज भने मैदानमा हुनेछन् । बार्सिलोनाका यी स्टार सेन्ट्रल मिडफिल्ड, डिफेन्सिभ मिडफिल्ड तथा सेन्ट्रल डिफेन्समा पनि उत्तिकै राम्रो खेल्छन्  ।

उनी बलमाथिको नियन्त्रण हत्तपत्त गुम्न दिदैंनन् र मिडफिल्डमा टोलीको पकड कायम राख्नेगरी लािग निकै सिर्जनात्मक ढंगले खेल्छन् । बल नियन्त्रण, भिजन, शारिरीक शक्ति, प्राविधिक स्किल्स र ठिक ठाउँमा पास दिने शैलीका कारण उनी चर्चामा रहन्छन् ।
 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप