बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नदीको बीचमा फसेका तीनको उद्धार

शनिबार, ०५ असार २०७८, १८ : १३
शनिबार, ०५ असार २०७८

महाकाली नदीको बाढीमा फसेका तीन जनाको नेपाल र  भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ । भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो ।
 
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप