शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

शनिबार, ०५ असार २०७८, २० : ४६
शनिबार, ०५ असार २०७८

विश्वविजेता फ्रान्स हंगेरीसँग बराबरी खेल्न बाध्य बनेको छ । शनिबार राति समूह एफ अन्तरगतको खेलमा फ्रान्स र हंगेरीबीचको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलमा हंगेरीले अप्रत्यासित अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटिला फिओलाले हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा एन्टोनी ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि फ्रान्सले जीतका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । दुई खेलमा एक जीत र एक बराबरीसहित फ्रान्सको ४ अंक रहेको छ । हंगेरीको १ अंक रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप