शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्ची नगर र हेलम्बु गाउँपालिकालाई चाँगुनारायण नगरपालिकाको १५ लाख सहयोग

शनिबार, ०५ असार २०७८, २१ : ४७
शनिबार, ०५ असार २०७८

विपद्मा परेका सिन्धुपाल्चोकका बासिन्दालाई भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले बाढी र डुबानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई ५ लाख गरी जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । 

मेलम्ची नगरपालिकालाई प्रदान गरिएको १० लाख रुपैयाँको चेक उपप्रमुख भगवती नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताललाई हस्तान्तरण गरिएको मिश्रले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिकाले हेलम्बु गाउँपालिकालाई प्रदान गरिने ५ लाख रकमको चेक भने आइतबार खातामा जम्मा गरिदिने भएको छ । 

मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख मिश्रले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप