शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लेवान्डोस्कीले गोल फर्काएपछि बराबरीमै रोकियो स्पेन

आइतबार, ०६ असार २०७८, ०८ : ०६
आइतबार, ०६ असार २०७८

स्पेनले युरोकप फुटबलमा फेरि बराबरी खेलेको छ  । पोल्यान्डले उसलाई १–१ गोलको बराबरीमा रोकेको हो । यसअघि सुरुवाती खेलमा स्विडेन र स्पेनबीचगोलरहित बराबरी भएको थियो । 

सेभियास्थितला कार्टुजा रंगलशामाअल्भारो मोराटाले २५ औं मिनेटमा घरेलु टोलीलाई अग्रतादिलाएकाथिए । ५४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डलाई बराबरीको अवस्थामाफर्काए ।

अब स्पेनले बुधबारअन्तिम खेलमा स्लोभाकियाको सामनागर्दैछ । दोस्रो चरणमा पुग्नउक्त खेल जित्नैपर्ने बाध्यता स्पेनसामु छ । प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा स्लोभाकियालाई १–० ले हराउँदै स्विडेनले समूह ईमाशीर्ष स्थानकब्जा गरेको छ । 

स्विडेनको चार अंक छ । यो समूहमातीनअंकसहित स्लोभाकिया दोस्रो, दुई अंकसहित स्पेन तेस्रो र एक अंकसहितपोल्यान्ड चौथो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप