मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मेम्फिस डेपेको बार्सिलोनामा इन्ट्री

आइतबार, ०६ असार २०७८, ०८ : ५१
आइतबार, ०६ असार २०७८

नेदरल्यान्डस्का स्टाइकर मेम्फिस डेपे र बार्सिलोनाबीचको सम्झौता प्रक्रियाले पूर्णता पाएको छ । अब नयाँ सिजनमा डेपेले बार्सिलोनाका लागि खेल्नेछन् । 
उनी यसअघि फ्रान्सेली क्लब लियोनमा आबद्ध थिए । 

यस सिजन लियोनबाट उत्कृष्ट प्रदर्शन गरेका डेपे सन् २०२३ सम्मका लागि बार्सिलोनामा आबद्ध भएका हुन् । उनले लियोनबाट ३७ खेल खेल खेल्दै यस सिजन २१ गोल गरेका थिए भने १३ वटा एसिस्ट गरेका थिए । लियोनसँगको सम्झौता टुंगिने संघारमा पुग्दा उनी निशुल्क रुपमा बार्सिलोनामा आबद्ध भए । 

लामो समयदेखि डेपेले बार्सिलोनाबाट खेल्ने इच्छा प्रकट गर्दै आएका थिए । अहिले नेदरल्यान्डस्को युरो २०२० टोलीमा समावेश भएका डेपेले बार्सिलोनामा आबद्ध हुँदा आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिएका छन् ।
युभेन्टस् र पेरिस सेन्ट जर्माइनबाट आएका राम्रा प्रस्तावहरु लत्याएर डेपेले बार्सा रोजेका हुन् । अहिले बार्सिलोनालाई प्रशिक्षण दिइरहेका  नेदरल्यान्डस्का पूर्व प्रशिक्षक रोनाल्ड कोम्यान डेपेका ठूला फ्यान हुन् । कोम्यानले नेदरल्यान्डस्को टोली सम्हाल्दा डेपेको प्रदर्शन अति उत्कृष्ट थियो । कोम्यानको प्रशिक्षणमा खेलेका १८ खेलमा डेपेले ११ गोल र ११ एसिस्ट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप