शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेश सरकारले दियो छ अस्पताललाई कोरोना उपचार खर्च

आइतबार, ०६ असार २०७८, ०९ : ०१
आइतबार, ०६ असार २०७८

वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न छ अस्पताललाई कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रु दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ । 

प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ अस्पताललाई उक्त रकम उपलब्ध गराउने भएको हो । 

निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई रु २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई रु २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई रु ३० लाख, भक्तपुरको नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु ३५ लाख, काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई रु एक करोड उपलब्ध गराइने छ ।

यसैगरी बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय गरेको छ । 

मनसुनबाट हुने क्षति रोकथाम एवं उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको हो । 

समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा रु १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि विपद् व्यवस्थापन गर्न रु १० करोड बजेट विनियोजन गरेको थियो ।

खाद्यान्न सामग्री सहयोग

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महास¬ङ्घ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित आइसोलेशन वार्डलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार महासङ्घ मकवानपुरले भीमफेदी आइसोलेशन पुगेर चामल, चिउरा, दाल, तेल, अण्डा, चाउचाउ, बिस्कुट, पानी र साबुन सहयोग गरेको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । खाद्यान्न सामग्री हस्तान्तरण गर्न महासङ्घका मकवानपुर जिल्ला अध्यक्ष चक्रधर बिडारी, नेकपा ९एमाले०का केन्द्रीय सदस्य रामेश्वर राना, मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, महासङ्घका केन्द्रीय सदस्य विष्णुहरि पण्डित र राजेन्द्र लामिछाने आइसोलेशन वार्ड पुग्नुभएको थियो । यसअघि पनि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ मकवानपुरले हेटौँडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप