शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पक्की घर कच्ची मोटरबाटोको शिकार

आइतबार, ०६ असार २०७८, १० : ०४
आइतबार, ०६ असार २०७८

गुल्मी ।  गुल्मीको  सदरमुकाम तम्घास नजिकै  वेदुखर्क  टोलको वस्ती  तल पनि मोटरबाटो माथी पनि कच्ची मोटरबाटो खनिएका कारण उच्च जोखिमा परेको छ । २०/२२ घरधुरी रहेको  त्यो एउटा सानो टोलको तल माथी  र बिचमा गरेर तिन वटा मोटर बाटाहरु छन् ।  अगाडी एउटा मुख्य सडक छ ।

त्यसदेखि २ सय मिटर तल  भिरमुनी अर्को मोटर बाटो खनिएको छ । घरै माथी  सय मिटर दुरीमा फेरी  अर्को मोटरबाटो खनिएको छ । यसरी घर वस्तीको तल माथी मोटरबाटो खनिए पछि वर्षायाम लागे लगत्तै  माथिबाट पुर्ने हो कि तलबाट तानेर बगाउने हो भन्ने पिर चिन्ता र त्रासमा रहेका हुन् त्यहाँका वासीन्दाहरु ।

असार १ गते देखि माथिको मोटरबाटो बाट पहिरो झर्ने र तल्लो मोटरबाटोबाट पनि पहिरोले तान्ने क्रम चलिरहेको छ  । टोलको बिचमा तम्घास अर्घाखाँची मुख्य सडक हालसालै  कालोपत्रे गरिए पनि हिलोम्मे छ । तिन दिन अघि माथिल्लो मोटरबाटोबाट आएको पहिरोले पुरेर त्यहाँका  पाँच घर विस्थापित भई भई सकेका छन भने अन्य घरहरु उच्च जोखिममा रहेका छन् ।

त्यस टोलका रामबहादुर खड्का, लक्ष्मी कुँवर, कविता कुँवर, तुल्सीराम कुँवर र वोमनारायण सुवेदीको परिवार विस्थापित भएका हुन । तलै मोटरबाटो माथी मोटरबाटोका कारणहरु आफुहरु उच्च जोखिमा परेको तुल्सीराम कुँवरले बताए । उनीहरुको वस्ती देखि २ सय मिटर तल तम्घास खाम्सेपानी हुँदै प्युठान जोड्ने सडक खनिएको छ ।

वस्ती अगाडी तम्घास अर्घाखाँची मुख्य सडक र  वस्तीको सय मिटर माथी वेदुखर्क भुजेलर्ख कच्ची सडक खनिएका कारण त्यो वस्ती उच्च जोखिमा परेको हो । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँको २२ घरधुरी दलित वस्ती मोटरबाटो कै कारण पहिरोले  उच्च जोखिमा परेको र  उनीहरुलाई  वस्तीबाट विद्यालयमा लगे राखिएको  वडाध्यक्ष थम्मनबहादुर केसीले बताए ।

त्यस गाउँमा पनि तल र माथी गरि दुई वटा मोटर बाटाहरु छन् । जिल्लाका अधिकांश स्थानमा मोटरबाटो कै कारण बस्तीहरु उच्च जोखिममा परेका छन् । कालिगण्डकी गाउँपालिकाको केन्द्र रहेको स्थान पुर्तिघाट बजारको एउटा पाउरोटी उद्योग सहित माथी मोटरबाटोबाट  चर्किएको जमिन खस्ने १२ घरपरिवार विस्थापित भएको  त्यस गाउँपालिका अध्यक्ष वेद थापा मगरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप