बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा सामुदायिक आँखा अस्पताललाई मेसिन खरिद गर्न १० लाख सहयोग

आइतबार, ०६ असार २०७८, ११ : २७
आइतबार, ०६ असार २०७८

आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । 
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आइतबार आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको थियो । अस्पतालमा मेसिन अभावका कारण बिरामीहरु विहानै देखि लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।
हेटौंडा उपमहानगरालिकाको उक्त सहयोग रकमले मेसिन खरिद गरी बिरामीहरुको आँखा परिक्षणलाई प्रभावकारी र सहज हुने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

अस्पतालले मकवानपुरसहित प्रदेश नम्बर २ का विभिन्न जिल्ला र भारतबाट आँखाको जाँच गराउन बिरामी आउने गरेका छन् । 

सहयोग रकम हस्तान्तरण गर्दै मेयर महतले आँखा अस्पतालमा बिरामीको चाँप बढेसंगै अस्पतालको सेवालाई गुणस्तरीय प्रभावकारी र सहज बनाउन स्थानीय सरकारको दायित्व ग्रहण गरी मेसिन खरिदका लागि उक्त रकम सहयोग गरिएको बताए ।

उपमहानगरपालिकाको बार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप