शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटलीविरुद्धको खेलअघि किफरकी प्रेमिकाको हट फोटोसुट

आइतबार, ०६ असार २०७८, ११ : ३२
आइतबार, ०६ असार २०७८

वेल्सका २८ वर्षीय किफर मुर स्विचरल्यान्डविरुद्धको सुरुवाती खेलपछि एकाएक चर्चामा आए । आफ्नो टोली एक शुन्यले पछि परेको अवस्थामा उनले हेडरमार्फत बराबरी गोल फर्काएका थिए । वेल्सको जर्सीमा यो उनको डेब्यु गोल थियो । 

वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० ले हराएपछि अन्तिम १६ मा पुग्ने संभावना बलियो बनाएको छ । 

र, अहिले किफर नभएर उनकी प्रेमिका चर्चामा छिन् । इटलीविरुद्धको समूह चरणको खेलअघि किफरकी पार्टनर चार्लोट्टी रसेलले हट फोटोसुट गराएकी छिन् । 

रोममा हुने खेलमा टोलीको हौसला बढाउनका लागि २६ वर्षीय रसेल प्रत्यक्ष उपस्थित हुनेछिन् । नेपाली समयअनुसार राती ९ः४५ मा इटली र वेल्स भिड्दैछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप