शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली अकाउन्टबाट थाहा पाइन् श्रीमान्‌को ‘सिक्रेट लाइफ’, वास्तविकता थाहा पाउँदा दंगै परिन् श्रीमती

आइतबार, ०६ असार २०७८, १३ : ३५
आइतबार, ०६ असार २०७८

अमेरिकामा एक महिला आफ्ना श्रीमानको अचम्मको व्यवहारले चिन्तित छिन् । महिलाले रिलेशनशिप एक्सपर्टलाई आफ्नो कहानी सुनाउँदै मद्दत मागेकी छिन् ।

यी महिलाले भनिन्, ‘म आफ्ना श्रीमानसँग १४ वर्षदेखि छु र हाम्रो विवाह भएको ११ वर्ष भइसकेको छ । मेरा श्रीमानका थुप्रै महिला साथी र पूर्व प्रेमिकाहरु भएको कुरा मलाई विवाह अघि नै थाहा भइसकेको थियो । तर उनले यो कुरा मसँग लुकाएर राखेका थिए ।’

‘थाहा भएपछि उनले मलाई ‘यसबारे खुलेर तिमीसँग कसरी कुरा गर्ने थाहा नभएकोले लुकाएको’ बताए । यद्यपि, उनले आफू ती महिलासँग आकर्षित भएको तर सामान्य दोस्तीभन्दा अरु केही नभएको बताए ।’

महिलाले लेखिन्, ‘अब ११ वर्षपछि मैले एकपटक पुनः उनका यस्ता केही महिला साथीबारे थाहा पाएकी छु । उनीहरुले ती महिलासँग थुप्रै डेटिङ साइटमार्फत् दोस्ती गरेका थिए । यीमध्ये एक महिला मेरा श्रीमानसँग बाइक राइडमा जाने गर्दथिन् । मलाई थाहा भयो कि मेरा श्रीमानले ती महिलालाई आफू सिंगल भएको बताएका थिए । ती महिलालाई मेरो बारे कुनै जानकारी छैन ।’

जब मैले यसबारे श्रीमानलाई सोधेँ तब उनले ‘म आफ्नो बच्चाहरुसँग सधैं व्यस्त रहने भएकोले’ कुराकानी गर्नका लागि मात्रै ती महिलासँग दोस्ती गरेको बताए । मेरा श्रीमानले ती महिलासँग आफ्नो दोस्तीबाहेक केही नभएको बताए ।

महिलाले भनिन्, ‘अब हालै मलाई अर्को कुरा थाहा भएको छ । मेरा श्रीमानले केही महिलालाई उनको श्रीमतीको मृत्यु भइसकेको बताएका छन् । उनी ती महिलालाई हरेक दिन फोन गर्छन् र मेसेज पनि पठाउँछन् । उनले उनीहरुलार्य बारम्बार भेट्नका लागि बोलाउँछन् । यद्यपि, यीमध्ये कसैसँग पनि उनको भेटघाट हुन सकेको छैन ।’

महिलाले लेखिन्, ‘अन्त्यमा मैले आफ्ना श्रीमानको यो धोकालाई अनलाइनबाटै समात्ने निर्णय गरेँ । मैले ती सबै डेटिङ साइटमा फेक अकाउन्ट बनाए, जसमा मेरा श्रीमान् सक्रिय रहन्थे । मैले आफ्नो अकाउन्टबाट उनलाई मेसेज पठाएँ । सुरुमा त उनले मसँग सामान्य कुराकानी गरे तर चाँडै नै उनले आफ्नो फोटो पठाउन थाले र मलाई भेट्न भन्न थाले ।’

‘अनलाइन कुराकानीका बेला उनले जे भने त्यो सुनेर म दङ्गै परेँ । उनले उनकी श्रीमतीको केही वर्ष अघि मृत्यु भइसकेको र उनी यो पीडाबाट अघि बढ्ने कोसिस गरिरहेको बताए । मेरा श्रीमानलाई उनी मसँग कुरा गरिरहेका छन् भनेर अलिकति पनि शंका थिएन । उनले मलाई थुप्रै पटक भेट्न भने तर मैले हरेक पटक रद्द गरिदिएँ ।’

‘जतिबेला उनी डेटिङ साइटमा मसँग कुरा गरिरहेका हुन्थे, त्यतिबेला उनले मलाई ‘अफिसको धेरै नै काम’ भएको बताउने गर्दथे । मैले उनको व्यवहारमा एक प्रकारको प्याटर्न देखेँ । डेटिङ साइटमा उनी जुन सेक्स पोजिसनबारे मसँग कुरा गर्दथे, त्यो रात उनले त्यहि पोजिसनमा सेक्स गर्ने गर्थे ।’

अन्त्यमा महिलाले विज्ञलाई सोधिन्, ‘मैले बुझ्न नसकेको कुरा के हो भने कसैसँग  दोस्ती गर्न उनलाई डेटिङ साइटमा किन जानुपर्यो ? हामी निकै अघि एकपटक कपल काउन्सिलिङका लागि पनि गइसकेका छौं जसबाट ममा निकै आशा जागेको थियो । अब अहिले यो सबै कुरा थाहा पाएपछि अब म के गरौं भनेर बुझ्न सकिरहेको छैन । आखिर म आफ्नो विवाहलाई कसरी बचाऔं ? के यो पुरुषका लागि सामान्य हो वा कि म आवश्यकताभन्दा बढि आत्तिरहेकी छु ?’

रिलेशनशिप एक्सपर्टले महिलालाई भनिन्, ‘तपाईंले उनको वास्तविकता जान्ने कोसिस गरेर राम्रो गर्नुभयो । तपाईं कुनै पनि हालतमा ओभर रियाक्ट गरिरहनुभएको छैन । तपाईंका श्रीमान्को यस्तो व्यवहार सामान्य होइन र यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन । तपाईंको माफ गर्ने बानीलाई उनले महत्व दिइरहेका छैनन् त्यसैले उनी पुनः त्यही काम गर्न थाल्छन् । उनीमाथि कुनै पनि हालतमा विश्वास गर्न सकिँदैन । ’

रिलेशनशिप एक्सपर्टले महिलालाई भनिन्, ‘तपाईंको श्रीमानको व्यवहार एउटा ठूलो समस्या हो । तपाईंको श्रीमानलाई लाग्छ कि जबसम्म उनी अरु कसैसँग यौन सम्बन्ध स्थापित गर्दैनन् तबसम्म उनलाई सन्तुष्टि मिल्दैन । यस्तो स्थितिमा तपाईंले निर्णय गर्नुपर्छ कि तपाईं यस्तो व्यक्तिसँग बस्न सहज हुनुहुन्छ कि हुनुहुन्नँ । यदि तपाईं उनीसँग बस्न चाहनुहुन्छ भने तपाईंले आफ्नो मानसिक शान्तिका लागि केही सीमा निश्चित गर्नुपर्ने हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप