शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजयले किने नयाँ घर

आइतबार, ०६ असार २०७८, १३ : ५५
आइतबार, ०६ असार २०७८

बलिउडका सिंघम अर्थात अभिनेता अजय देवगणले नयाँ घर किनेका छन् । उनले मुम्बईको जुहु इलाकामा एक घर किनेका हुन् । जसको मूल्य ६० करोड बताइएको छ । एक अनलाइनमा प्रकाशित खबरअनुसार उनले किनेको घरको मूल्य ६० नभएर ४७ करोड रहेको छ ।  उक्त अनलाइनले घर किन्न अजयले १८.७५ करोड लोन लिएको समेत दाबी गरेको छ । तर यो कुराको पुष्टि कतैबाट भएको छैन ।

अजयको नयाँ घर उनको शिवशक्ति घरबाट धेरै टाढा छैन । उनको यो घर ४७४.४ वर्ग मिटरमा फैलिएको छ । अजयभन्दा पहिले यो घर भावेश बालकृष्ण बालिया नामका एक ब्यक्तिको थियो । अजयले यो घर आमा वीणा वीरेन्द्र देवगनको नाममा ट्रान्सफर गरेका छन् ।

कामको कुरा गर्ने हो भने अजयलाई फ्यानले पछिल्लो समय २०२० मा ‘तानाजी’ मा देखेका थिए । फिल्ममा अजयका साथमा काजोल, सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो । उनी अब फिल्म ‘आरआरआर, भुज, मैदान लगायतका थुप्रैमा देखिँदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप