बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा यूरो ‘फिभर’, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०६ असार २०७८, १४ : २०
आइतबार, ०६ असार २०७८

गत वैशाखदेखि जारी लकडाउनले धेरैको जीवन कष्टकर बनाएको छ । विशेष गरेर आर्थिक अवस्था कमजोर भएकाहरु र दैनिक ज्यालादारी गरेर पेट पाल्नेहरुका लागि यो लकडाउन ठूलो दशा बनेर आएको छ । तर, बालबालिकाहरुका लागि भने यो लकडाउन पढाइको बोझबाट राहत बनेको छ । मुख्य सहरमा बाहिर निस्कन नपाए पनि सहरबाहिर भने उनीहरुले मज्जासँग घर बाहिर खेल्ने अवसर पाएका छन् । त्यसमाथि यतिबेला चलिरहेको यूरो २०२० फुटबल प्रतियोगिताको मौसम । बालबालिकाहरु यतिबेला साथीभाइसँग फुटबलमा रमाइरहेका छन् । नगरकोट पुग्दा कैद गरिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप